PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

ओलीलाई मत दिन एमालेले लगायो सांसदलाई ह्वीप



पहिलोपोस्ट

ओलीलाई मत दिन एमालेले लगायो सांसदलाई ह्वीप

काठमाडौं: नेकपा एमालेले सोमबार हुने विश्वासको प्रस्तावको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको छ।

एमालेको संसदीय दलले पार्टीको निर्णय मान्न निर्देशन दिँदै ह्वीप जारी गरेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। वरिष्ठ नेता माधव नेपाल समूहले विश्वासको मत नदिने भन्दै सामूहिक राजीनामाको तयारी गरेका बेला ह्वीप जारी भएको हो।

नेपाल र ओली समूहका नेताबीच सिंहदरवारमा आइतबार भएको वार्तापछि ह्वीप जारी भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell