काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लिन लागेको विश्वासको मतको छिनोफानो भोलि नै हुने भएको छ। कार्यव्यवस्था परामर्श समितिले विशिष्ट परिस्थिति रहेको भन्दै अधिवेशनलाई भोलि नै अन्त्य गर्नेगरि निर्णय गरेको छ।
सोही निर्णय अनुसार नै विश्वासको मतको टुंगो लगाइन लागिएको हो।
यस्तै, कोरोना संक्रमित सांसदलाई मतदानका लागि छुट्टै व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ। स्वास्थ्य मापदण्ड अपनाएर छुट्टै मतदान गराउने निर्णय बैठकले गरेको हो।
विशेष अधिवेशन प्रयोजनका लागि गरिएको कोरोना परीक्षणमा १९ सांसद संक्रमित फेला परेका थिए। जसमा प्रतिनिधि सभाका १८ जना छन्। यस्तै, सोअघि नै प्रतिनिधि सभाका ६ जना सांसद संक्रमित थिए।
