PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

सेती अस्पतालमा उपचाररत थप ७ जना संक्रमितको मृत्यु



पहिलोपोस्ट

सेती अस्पतालमा उपचाररत थप ७ जना संक्रमितको मृत्यु

कैलाली : धनगढीको सेती प्रोदेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कैलालीका ४ जना र कञ्चनपुरका ३ जना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार शनिबार कैलालीको लम्कीचुहा नगरपालिका–९ का ४२ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–४ की ३५ वर्षीया महिला, धनगढी–१८ का ५० वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको मुत्यु भएको हो।

यस्तै आइतबार कैलालीको गोदावरी नगरपालिका–२ का ५८ वर्षीय पुरुष, कञ्चनपुरको पुर्नवास नगरपालिका–११ का ७४ वर्षीय पुरुष र पुर्नवासकै वडा नम्बर ६ की ४२ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell