PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

धनगढीमा उपचाररत थप ७ जना कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

धनगढीमा उपचाररत थप ७ जना कोरोना संक्रमितको मृत्यु

कैलाली : धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कैलालीका ४ जना र कञ्चनपुरका ३ जना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार शनिवार कैलालीको लम्कीचुहा नगरपालिका-९ का ४२ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका-४ की ३५ वर्षीया महिला, धनगढी-१८ का ५० वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ की ६० वर्षीया महिलाको मुत्यु भएको हो।

यस्तै, आइतवार कैलालीको गोदावरी नगरपालिका-२ का ५८ वर्षीय पुरुष, कञ्चनपुरको पुर्नवास नगरपालिका-११ का ७४ वर्षीय पुरुष र पुर्नवासकै वडा नम्बर ६ की ४२ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell