PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रदेश २ का विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लियो ७ सय अक्सिजन सिलिण्डर



पहिलोपोस्ट

प्रदेश २ का विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लियो ७ सय अक्सिजन सिलिण्डर

जनकपुरधाम : प्रदेश २ का विभिन्न स्थानबाट प्रहरीले ७ सय थान अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ। स्वास्थ्य बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले प्रदेश अन्तर्गतका विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरुमा स्टक गरी राखिएका ७ सय अक्सिजन सिलिण्डरहरु नेपाल प्रहरीले नियन्त्रणमा लिइएको हो।

प्रहरीले अक्सिजन भएका सिलिण्डर १३२ थान र खाली सिलिण्डर ५६८ थान गरी कुल ७ सय अक्सिजन सिलिण्डर बरामद गरी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

नियन्त्रणमा लिइएको अक्सिजन सिलिण्डर सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारीक डिस्टिब्युटरलाई बुझाइएको एसपी प्रसाईंले बताए।

वर्तमान विषम परिस्थितिमा अक्सिजन सिलिण्डर स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले अन्य प्रयोजनका लागि स्टक नगर्न अपिल गर्दै जथाभावी तवरबाट स्टक गरेको फेला परेमा सम्बन्धित व्यक्ति/निकाय उपर प्रचलित ऐन बमोजिम कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell