PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

प्रादेशिक अस्पताल जनकपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

प्रादेशिक अस्पताल जनकपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरस्थित कोभिड विशेष अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन्।

जनकपुरधामका ६५ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला र वीरगंजका ४५ वर्षीय पुरुषको शनिवार राति उपचारको क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल कोरोना उपचार केन्द्रका प्रवक्ता डा मनिष पाण्डेले जानकारी दिए। अक्सिजनको सपोर्टमा उपचार भइरहेका तीनै जनाको श्वासप्रश्वासमा समस्या रहेको थियो।

४२ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरेपनि उनको मृत्यु भएको डा पाण्डेले बताए। अहिले प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। उनीहरु सबैको अक्सिजनको सपोर्टमा उपचार भइरहेको डा पाण्डेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell