PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एनएसएल : चितवन जितविहीन, काठमाडौं शीर्षस्थानमा रहँदै प्लेअफमा

एनएसएल : चितवन जितविहीन, काठमाडौं शीर्षस्थानमा रहँदै प्लेअफमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न खेलमा एफसी चितवन काठमाडौं रेजर्ससँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं रेजर्सले २-१ गोलअन्तरले जित निकालेको हो। आजको खेलसँगै एनएसएलका लिगचरणका सबै खेलहरु सकिएका छन्।

आज सम्पन्न रोमाञ्चक खेलमा मेसोउके ओलोमोउले १७ औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए। त्यस्तै, दोस्रो गोल सञ्जोग राईले ३५ औं मिनेटमा गरे। उता चितवनका लागि राजिव लोप्चनले ४० औं मिनेटमा गोल गर्दै चितवनलाई खेलमा फर्काउन चाहे। यद्यपि त्यसपछि दुबै पक्षबाट गोल नहुँदा खेल काठमाडौंले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै ६ खेलबाट १३ अंक जोडेको काठमाडौं रेजर्स शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो। उता चितवनले भने जितविहीन रहँदै प्रतियोगितामा आफ्नो यात्रा टुंग्याएको छ। योसँगै शीर्ष स्थानमा काठमाडौं रेजर्स, दोस्रो स्थानमा धनगढी एफसी, तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल लुम्बिनी रहँदै प्लेअफमा स्थान बनाएका हुन्।

प्लेअफको पहिलो खेलमा काठमाडौं रेजर्स र धनगढी एफसी भिड्ने छन् भने दोस्रो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell