PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

गण्डकीमा यसरी बन्दैछ नयाँ सरकार, जनमोर्चा भयो यूटर्न



पहिलोपोस्ट

गण्डकीमा यसरी बन्दैछ नयाँ सरकार, जनमोर्चा भयो यूटर्न

पोखरा: आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै प्रदेशको नेतृत्व कता मोडिन्छ सबैको चासोको विषय बनेको छ।

आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन्। प्रदेश प्रमुख सीता पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गर्दै गुरुङको राजीनामा स्वीकृति गरेकी हुन्। नयाँ सरकार गठन गर्न तीन दलका नेताबीच सुरुवातदेखि नै सहमति जुटेको थियो।

प्रदेशमा रहेका ६० सदस्यीय सांसदमा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन्। एक सांसद स्वतन्त्र हुन्। अब बन्ने नयाँ सरकारका लागि पनि ३१ सांसद आवश्यक छ।

स्वतन्त्र सांसद दीपक मनाङेलाई मुख्यमन्त्रीले वैशाख १६ गते सत्ता जोगाउन खेलकुदमन्त्री नियुक्त गरेका थिए। अविश्वासको प्रस्तावमा विपक्षी ३ दलको एकमत भए पनि राष्ट्रिय जनमोर्चा तटस्थ बसेको थियो।

अविश्वासको प्रस्ताव मतदानमा निर्णायक बनेको जनमोर्चा नयाँ सरकार गठनमा पनि निर्णायक बनेको थियो। यसअघि नयाँ सरकार गठनका लागि काङ्ग्रेस, माओवादी र जसपाका नेताले सघाउने भएपछि नयाँ बन्ने सरकारसँग २८ सांसद थिए। ३ सांसद रहेको जनमोर्चाको मत सरकार गठनका लागि निर्णायक बनेको बेला जनमोर्चाले पनि साथ दिने सहमतिमा जुटेको छ। जनमोर्चाको सर्मथनसँगै नयाँ सरकारका लागि ३१ सांसद पुगेका छन्।

जनमोर्चाकाकी सचेतक पियारी थापाका अनुसार नयाँ सरकारलाई आफूहरुको सर्मथन रहेको जानकारी दिइन्।

'अब बन्ने सरकारमा हाम्रो स्पष्ट नीति त्यही नै छ। आउने सरकारलाई समर्थन गरेर जाने हाम्रो कुरा पुर्वनिर्धारित नै हो। त्यसैलाई कार्यान्वयन गरेर जाने हो,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell