PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सेभियासँग बराबरीमा रोकियो रियल मड्रिड



पहिलोपोस्ट

सेभियासँग बराबरीमा रोकियो रियल मड्रिड
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड र सेभिया बराबरीमा रोकिएका छन्। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिड २-२ को बराबरीमा रोकिएको हो।

खेलको २२ औं मिनेटमा फर्माण्डोले सेभियाका लागि अग्रता बनाएका थिए। पहिलो हाफमा सेभिया एक गोलले अघि रह्यो। दोस्रो हाफमा दोस्रो हाफमा मार्को एसेन्सिओले ६७ औं मिनेटमा गोल फर्काउँदै रियललाई बराबरीमा ल्याए। उता सेभियाका लागि ७८ औं मिनेटमा इभान राकेटिचले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै फेरि अग्रता दिलाए। त्यस्तै अतिरिक्त समयमा इडेन हजार्डको प्रहार सेभियाका डिएगो कार्लोसलाई लाग्दै गोल हुँदा मड्रिडले फेरि पुनरागमन गर्दै २-२ बराबरीमा पुग्यो।

सेभियासँग अंकबाँडेसँगै मड्रिडले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ। ३५ खेल खेलेको एट्लेटिको मड्रिडको ७७ अंक जोडेको छ भने समान खेलबाट ७५ अंक जोडेका रियल मड्रिड र बार्सिलोना दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै सेभिया ७१ अंक सहित तालिकाको चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell