PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

झलनाथ खनाल संक्रमणमुक्त



झलनाथ खनाल संक्रमणमुक्त

काठमाडौं : नेकपा एमलेका वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन्। संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना भएका खनालको आइतवार नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ।

'करिब एक हप्ताअघि कोभिड-१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना भएको थिएँ। डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण आज गरिएको कोभिड-१९ को रिपोर्ट नेगेटिभ आएको छ। अहिले मेरो स्वास्थ्य  सुधारोन्मुख  अवस्थामा रहेको र केहि समयको आरामपछि म अस्पतालबाट डिस्चार्ज भई सक्रिय रुपमा  कामकाजमा फर्कनेछु,' खनालले फेसबुकमा लेखेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाललाई वैखाख १८ गते संक्रमण देखिएपछि नर्भिकमा भर्ना गरिएको थियो

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell