PahiloPost

May 15, 2026 | १ जेठ २०८३

ओलीले कारवाही गरे नयाँ पार्टी बनाउने नेपाल समूहको तयारी



पहिलोपोस्ट

ओलीले कारवाही गरे नयाँ पार्टी बनाउने नेपाल समूहको तयारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतविरुद्ध उभिएको नेकपा एमालेको माधवकुमार नेपाल समूहले 'नयाँ पार्टी' गठनको चेतावनी दिएको छ।

आज प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने कार्यसूची छ। नेपाल समूहले पार्टीको ह्विप विपरीत आफ्नो समूहका सांसद संसदमा अनुपस्थित हुने निर्णय गरिसकेको छ। 

नेपाल समूहका सांसद मेटमणि चौधरीले पार्टी अध्यक्ष ओलीले कारवाही गरे अलग्गै पार्टी बनाउने बताए। 

हिजो माधवकुमार नेपालसँग ओलीको दूताका रुपमा संवाद गर्न पुगेका विष्णु पौडेल र सुवास नेम्वाङलाई पनि कारवाही भए नयाँ दल खोल्नसक्ने ब्रिफिङ गरेका थिए।  

'ओलीले कारवाही गरे नयाँ पार्टी बन्ने छ,' सांसद चौधरीले भने। नेपाल समूहका सांसदहरुको बैठकमा २५ जना सांसदको उपस्थिति थियो।

एमालेको यो समूहले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको छ। साथै विश्वासको मतमा असहयोगको निर्णय पनि गरेको छ। 

'केपी ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर तुल्याउने। राजनीतिक नेतृत्वलाई ध्वस्त गर्ने। देश र राज्यलाई कमजोर तुल्याउनुहुने हुँदा यो बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौ,' बैठकपछि नेता भीम रावलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell