PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

जसपाका सांसदमाथि किन लागेन ह्विप? सुरेन्द्र झाका १० तर्क



पहिलोपोस्ट

जसपाका सांसदमाथि किन लागेन ह्विप? सुरेन्द्र झाका १० तर्क

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे बोलाइएको विशेष अधिवेशनमा मतदान हुनेछ। सांसदहरु पक्ष/विपक्ष र तटस्थ गरी तीन विकल्पमा रहनेछन्।

विश्वासको मतको सवालमा जनता समाजवादी पार्टीले आफ्ना सांसदमाथि ह्वीप लगाएन। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निवासमा बसेको पदाधिकारी बैठकले सांसदलाई स्वविवेकका आधारमा मत हाल्ने स्वतन्त्रता दियो। यस्तो निर्णयलाई पार्टीकै कार्यकर्ताले नेतृत्वको नपुंशकता, असक्षमता भनेर आलोचना पनि गरिरहेका छन्। यस्तो निर्णय किन भयो त? जसपाका नेता सुरेन्द्र झाले यसका पछाडिका १० वटा कारण प्रस्तुत गरेका छन्।

१. जसपा नेपालको शीर्ष नेतृत्व केपी शर्मा ओलीको विपक्ष वा तटस्थ बस्ने सवालमा विभाजित रहेकोले।

२. पार्टीमा शीर्ष नेतृत्व बिच वर्तमान राजनीतिक अवस्थाको बुझाई र जसपाको प्राथमिकताबारे मतैक्यता नरहेकोले।

३. पार्टीमा शीर्ष नेतृत्वमा दुई लाइन संघर्ष नेपाल सरकारसँग मुद्दा फिर्ता, राजबन्दी रिहाई, संविधान संशोधन, नागरिकता विधेयक, लाल आयोग सार्वजनिक लगायतको विषयमा ओली नेतृत्वसँग कुनै वार्ता गर्नै हुँदैन र अर्को लाइन सकारात्मक परिणाम निस्कन्छ भन्ने किन नगर्ने?

४. नेपाल सरकारसँग भइरहेको वार्ता मुद्दा सम्बोधनको लागि मात्रै हो भन्ने एक पक्षको बुझाई हो भन्ने अर्को पक्ष यो सत्ता आरोहणको स्वार्थले प्रेरित हो एवं हामी छुट्छौं कि भन्ने त्रास ।

५. विगतको आन्दोलनको कारण जो नेता कार्यकर्ताहरु जेलमा छन, ज-जसमाथि झूटा मुद्दा लागेको छ तिनको रिहाई एवं मुद्दा फिर्ता नेतृत्वको तत्कालको प्राथमिकता हो वा त्यो समय क्रममा आउने विषय भन्नेमा नेतृत्वको बुझाईमा भिन्नता ।

६. मधेश-थरुहटको जनताको लागि लोकतन्त्र, राज्यको अनुभूति कहाँ हुन सकेको छ ? हाम्रो यो दुर्दशा को कारण तिनै तीन ठूला दलहरु र तिनको होइन र? १६ बुँदे सहमति गरि संविधान निर्माण गर्दा १० प्रतिशत मात्रै हो भनेर बोर्डरमा पुर्‍याउने र टाउको एवं छातीमा गोली ठोक्नेहरु एउटै नश्ल र अनुहारहरु होइनन्?

७. जसपा आफ्नो मुद्दा स्थापित गर्ने कि सत्ताको खेलमा लाग्ने भन्ने बिषयमा नेतृत्वको मतभिन्नता ।

८. ब्यक्तिगत कुण्ठा, बदलाको भावले अगाडि बढ्ने कि त्यसबाट पाठ सिकी अनुहार भन्दा अवस्था हेरी अन्य शक्तिसँग सम्बन्ध बनाउने भन्नेमा नेतृत्वको मतभिन्नता।

९. अग्रगामी र प्रतिगामीको भास्य निर्माण, तथाकथित प्रतिगामीसँग लामो समय साँठगाँठ गरेकोले/लाई अरुलाई नशिहत दिने कुचेस्टा ।

१०. नेपाल सरकारले हाम्रो केही कामहरु गरेको र अन्य एजेन्डाहरु अगाडि बढाएको तर पूरा हुनाले मत दिन नसकिने साथै विपक्षमा जाँदा राजनीतिक बेइमानी हुने हुँदा तटस्थ बस्ने उपयुक्त हुने बुझाई, अर्कोतिर प्रतिगामी ओलीलाई हटाउने एक मात्र कार्यभार भएकोले विपक्षमा मतदान गर्नै पर्ने सोच बिच नेतृत्वको बिच मतभिन्नता।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell