PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

गण्डकीमा निर्णायक जनमोर्चा : नयाँ सरकार गठनमा कांग्रेसलाई साथ दिने कि नदिने? संसदीय दलले टुंगो लगाउँदै



पहिलोपोस्ट

गण्डकीमा निर्णायक जनमोर्चा : नयाँ सरकार गठनमा कांग्रेसलाई साथ दिने कि नदिने? संसदीय दलले टुंगो लगाउँदै

पोखरा : गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न निर्णायक बनेको जनमोर्चाको संसदीय दलको बैठक सुरु भएको छ। बैठकमा सांसद कृष्ण थापा, केन्द्रीय महासचिव मनोज भट्ट र जनमोर्चाका प्रदेश शंखर बराल उपस्थित छन्। नयाँ सरकारलाई सहमति दिने कि नदिने भन्ने टुंगो लगाउन बैठक बसेको नेताहरुले बताएका छन्।

गण्डकी प्रदेशसभामा नयाँ सरकार गठन गर्न ३१ सांसद आवश्यक छ। प्रदेशमा रहेका ६० सदस्यीय सांसदमा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन्। एक सांसद स्वतन्त्र हुन्।

सरकार गठनका लागि ३ दलबिच सहमति भए पनि जनमोर्चा तटस्थ बसेको छ। तटस्थ बसेको जनमोर्चाको सर्मथनसँगै नयाँ सरकारका लागि ३१ सांसद पुग्ने छ। तर जनमोर्चाले नयाँ सरकारमा सहमति जुटाउन आलटाल गरिरहेको छ। यद्यपि जनमोर्चाकी सांसद पियारी थापाले भने सुरुआतदेखि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने सरकारलाई साथ दिने स्पष्ट धारण राखेकी छन्। प्रदेशमा जनमोर्चाको सहमति पाए काङ्ग्रेस नेतृत्वमा कृष्ण चन्द्र नेपाली मुख्यमन्त्री बन्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell