PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

यस्तो छ संसदको अवस्था : कोरोना भएका सांसदलाई अलग्गै टेन्ट, नभएकाहरु धमाधम भवनमा छिर्दै

यस्तो छ संसदको अवस्था : कोरोना भएका सांसदलाई अलग्गै टेन्ट, नभएकाहरु धमाधम भवनमा छिर्दै

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएकाले धेरैको नजर यतिखेर संसद भवनतिर छ। नेकपा विघटन, सत्तारुढ दल नेकपा एमाले भित्रको चर्को खिचातानीका कारण 'अल्पमत'मा पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि आज 'परीक्षा' दिँदैछन्।

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि सुरु भएको अस्थिरताको राजनीतिले आज नयाँ मोड लिँदैछ। राजनीति थप संक्रमणतिर जानेक्रम भएकाले सबैको चासो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर खिचिएको छ। के छ त त्यहाँको अवस्था?

यतिखेर सांसदहरु संसद भवन आउनेक्रम सुरु भइसकेको छ। संसद आएका सांसदहरुले पीसीआर परीक्षण रिपोर्ट देखाउँदै भित्र प्रवेश पाइरहेका छन्। उनीहरुको रिपोर्ट हेर्नेहरु पीपीई लगाएर तैनाथ छन्। 

सांसदहरु पनि कोभिड १९ संक्रमित भएका छन्। तर, उनीहरु आज प्रधानमन्त्रीको विश्वासको मतदान प्रकृयामा सहभागी हुँदैछन्।  

त्यसैले संसद सचिवालयले बाहिर टेन्ट राखेर कोभिड १९ पोजेटिभ भएका सांसदहरुलाई आइसोलेट भएर बस्ने व्यवस्था मिलाएको छ। रिपोर्ट पोजेटिभ भएका सांसदहरु संसद भवन परिसरको टेन्टमा छन्। अरु भने रिपोर्ट देखाउँदै भित्र प्रवेश गरिरहेका छन्। आज उपस्थित सांसदहरु मध्ये धेरैले दुईवटा मास्क लगाएको देखिन्छ।  

संसद भित्रजस्तै बाहिर कसरी काम भइरहेको छ भन्ने अनुगमन गर्न प्रतिनिधिसभाका सभामुख अग्नि सापकोट आफैँ परिसरमा उपस्थित भइरहेको देखिन्थ्यो। संक्रमणको सकसकै बिच संसदमा आज भोटिङ हुँदैछ।  
 

झरीपछिको संसद भवन
मिलाउँदै मास्क
लु हेेर्नुस् रिपोर्ट
छैन पोजेटिभ
पीपीईमा सास्ती


ट्रेन्डिङ पोस्ट

Ncell