PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

८ जिल्ला बाहेक अन्य सबै जिल्लामा निषेधाज्ञा



पहिलोपोस्ट

८ जिल्ला बाहेक अन्य सबै जिल्लामा निषेधाज्ञा

काठमाडौँः कोरोना संक्रमणको कारण अहिले देशका अधिकांस जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ।

कुनै जिल्लामा दोस्रो देखि तेस्रो पटकसम्म निषेधाज्ञा थपिएको छ। काठमाडौं उपत्यका लगायत ६९ वटा जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ। बाँकेमा वैशाख १३ गतेबाट निषेधाज्ञा सुरु भएको थियो। त्यसपछि अन्य जिल्लाहरूमा पनि निषेधाज्ञा थपिँदै गयो।

गृह मन्त्रालयका अनुसार सोमबार बिहान १० बजेसम्म ६९ वटा जिल्लामा आंशिक र पूर्णरुपमा निषेधाज्ञा गरिएको छ।

ओखलढुङ्गा, रसुवा, पाँचथरमा आज रातिबाट निषेधाज्ञा जारी गएको छ। मनाङ, मुस्ताङ, सोलुखुम्बु सहित ८ जिल्लाहरूमा भने निषेधाज्ञा लगाइएको छैन।

पछिल्लो समय देशभर कोरोना संक्रमितको सङ्ख्या ह्वातै बढेको छ। दैनिक ८ हजार भन्दा बढी संक्रमित थपिएका छन्। मृत्यु दर पनि बढेर गएको छ। अस्पताल र अक्सिजन अभाव हुँदा संक्रमितले सहजै उपचार भएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell