PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरिएको छ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले थप दुई साता निषेधाज्ञा गर्न सफारिस गरेको हो।

उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप दुई साता निषेधाज्ञा गर्ने कि नगर्ने भन्ने निर्णय गर्दछ। कारोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरिएको थियो। एक साताको निषेधाज्ञा थप गरेर वैशाख २९ गतेसम्म पुर्‍याइएको थियो।

सोमवार बसेको बैठकले १५ दिन निषेधाज्ञा थप गर्ने सिफारिस गरेको हो। अहिले काठमाडौं उपत्यका लगायत ६९ वटा जिल्लामा निषेधाज्ञा लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell