PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

आजै साँझका लागि प्रधानमन्त्रीले बोलाएर मन्त्रिपरिषद्को बैठक



पहिलोपोस्ट

आजै साँझका लागि प्रधानमन्त्रीले बोलाएर मन्त्रिपरिषद्को बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बोलाएका हुन। प्रधानमन्त्री ओलीले अहिले व्यवस्थापिका संसदमा विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने सम्भावना न्युन भइसकेको छ।

विश्वासको मत नपाएपछि प्रधानमन्त्रीले राजीनामा नदिने एमाले नेता सुवास नेम्वाङले बताए। आजको मन्त्रिपरिषद्को बैठक राजीनामासँग सम्बन्धित नभएको पनि नेम्वाङले प्रष्ट पारे।

'विश्वासको मत नपाए पनि राजीनामा गर्नुहुने छैन। उहाँ स्वत: पदमुक्त हुनुहुनेछ। त्यसपछि संविधान अनुसारका प्रक्रिया अघि बढ्ने छ,' नेता नेम्वाङले भने।

बिहीवार र सोमवार नियमितरुपमा मन्त्रिपरिषद्को बैठक बस्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell