PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोभिड १९ संक्रमितको सफलतापूर्व भयो जटिल शल्यक्रिया



पहिलोपोस्ट

कोभिड १९ संक्रमितको सफलतापूर्व भयो जटिल शल्यक्रिया

काठमाडौं : वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमित पुरुषको जटिलखालको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ।

धरानस्थित प्रतिष्ठानको कोभिड अस्पतालमा सिराहा कल्याणपुरका ४० वर्षीय पुरुषको आज विहान आकस्मिक शल्यक्रिया गरिएको हो। विरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै ज्वरो, खोकी, वान्ता, स्वासप्रश्वासको समस्या देखा परेको थियो। सिराहाको फुलकुमारी महतो मेमोरियल अस्पतालबाट कोभिड १९ देखिएपछि रिफर भएर ल्याइएका थिए। 

उनको सानो आन्द्रामा छिद्रा देखिएको थियो। त्यसले उनको पेटमा संक्रमण फैलिएको अस्पतालका सह प्रवक्ता डाक्टर चुरामणि पोखरेलले जानकारी दिए। 

जनरल सर्जरी विभागका  डाक्टर निर्मल प्रसाद शाहको नेतृत्वमा उनको आकस्मिक शल्यक्रिया गर्ने निर्णय भएको थियो। उनीसँगै सर्जरी विभागका डा विजय श्रेष्ठ, डा संदिप खनाल, डा सुनिल जैसवाल, डा राजन सुवेदी तथा एनेस्थेसियाका डा विशाल देव, डा राजेश प्रजापतीका साथै नर्स सुरभी राई, मनिला मगर र हेल्पर सरोज कार्कीको टिमले उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको डाक्टर पोखरेलले जनाएका छन्। 

कोरोनाको दोस्रो लहर शुरु भएयता पूर्ण रुपमा बेहोस पारी कोभिड १९ अस्पतालमा रहेको शल्यक्रिया कक्षमा शल्यक्रिया भएको यो नै पहिलो भएको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell