PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ओलीको मागमा महन्थको 'धन्यवाद', मत चाहिँ 'तटस्थ'



पहिलोपोस्ट

ओलीको मागमा महन्थको 'धन्यवाद', मत चाहिँ 'तटस्थ'

काठमाडौं : पार्टीका नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीले छुटाएको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले धन्यवाद दिएका छन्। कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना माग सुने पनि प्रधानमन्त्री ओलीले पीडा बुझेको भन्दै धन्यवाद दिएका हुन्।

तर, उनले प्रधानमन्त्री ओलीको पक्षमा मत दिने चाहिँ बताएनन्। 

'विश्वासको प्रस्तावको पक्षमा पनि छैनौं, विपक्षमा पनि छैनौं,' उनले भने, 'हामी पीडित छौं। रेशम चौधरीलाई हामी यहाँ देख्न चाहन्छौं।' 
उनले आफ्नो पार्टीका कार्यकर्ताले विभिन्न किसिमका मुद्दा खेपिरहेको बताए। 'हामीले आन्दोलन गरेका थियौं। त्यतिबेला हाम्रो कुरा सुनिएको भए अहिलेको अवस्था आउने थिएन,' उनले भने, 'मैले सुने सरकार पूरा कार्यकाल गरोस् भनेर संविधानका ७६ का धारा बनायो। प्रमलाई त्यो धाराले मजवुद बनाएको छैन।' 

उनले संविधान नै समस्याग्रस्त रहेको बताए। 'गम्भीर त्रुटि संविधान देखिएको छ। हामी संविधान संशोधनको माग गर्छौ। ओली प्रचण्ड र देउवाले माग सुन्नुहुन्छ। प्रमलाई धन्यवाद दिन्छु प्रमले हाम्रो कुरा सुनेर पीडा बुझ्नुभएको छ,' उनले भने, '१ सय २० जना जति जेलबाट छुटेका छन्। यस्तो अवस्थामा हामी कसैलाई मत दिने पक्षमा छैनौं। किनभने अहिले पनि हामी विभेदबाट पीडित छौं। कोही पनि जेलमा नरहोस्। राजनीतिक कारणले भएको आन्दोलनमा सजाय भोग्न नपरोस।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell