PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

इस्टाग्रामले पोस्ट हटाएपछि कगंनाले भनिन् 'म इन्स्टामा एक सातापनि टिक्दिनँ होला'



पहिलोपोस्ट

इस्टाग्रामले पोस्ट हटाएपछि कगंनाले भनिन् 'म इन्स्टामा एक सातापनि टिक्दिनँ होला'

इन्स्टाग्रामले पनि भारतीय कंगना रनौतको पोस्टहरूमा एक्सन लिन शुरु गरेको छ। कंगनाको भ्रामक पोस्टलाई इन्स्टाग्रामले हटाएको हो।

मे ८ मा उनले उक्त फोटो सेयरिङ एपमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएकी थिइन्। लेखेकी थिइन्, 'म यो भाइरसलाई ध्वस्त पार्नेछु। आफूमाथि कुनै पनि शक्ति हावी हुन दिने छैन। यो भाइरससँग डराउने हो भने यसले झनै आक्रमण गर्नेछ। आउनुहोस्, सबै मिलेर यसलाई ध्वस्त बनाऔं। कोभिड-१९ केही पनि होइन, यो सामान्य फ्लू हो।’

इस्ट्राग्रामले विश्वा आक्रान्त पारेको कोरोना भाइरस सम्बन्धी अफवाह फैलाएको भन्दै उक्त पोस्ट हटाएको हो। लगत्तै कंगनाले आफू इस्टामा सक्रिए भएको दुई दिन मात्र भएपनि यस सञ्जालमा आफू एक सातापनि टिक्न नसक्ने बताइन्।

केही दिनअघि पश्चिम बंगालको चुनावपछि भएको हिंसाप्रति उनले ट्वीट गरेकी थिइन्। उक्त ट्विट नियम विपरित भएको जनाउँदै ट्वीटरले उनको अकाउन्ट सस्पेन्ड गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell