PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

उपेन्द्र यादवलाई ओलीको जवाफ : लाखौ हेक्टर जमिन सिँचाइ हुन पाउँदा किन चित्त दुख्यो?



पहिलोपोस्ट

उपेन्द्र यादवलाई ओलीको जवाफ : लाखौ हेक्टर जमिन सिँचाइ हुन पाउँदा किन चित्त दुख्यो?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर आफूमाथि उठेका प्रश्नको सदनमा जवाफ दिँदैछन्। उनले सुरुमै उपेन्द्र यादवले लगाएको आक्षेपबाट कुरा अगाडि बढाए। उपेन्द्र यादवले मधेश आन्दोलनमा गोली चलेर मानिस मर्दा ओ‌लीले - एक दुई आँप झरेर गए भनेको सन्दर्भ उप्काउँदै आलोचना गरेका थिए।

'मैले बुझाउन सकेनछु। लामै समय लगाएर मस्काएँ भने जाँदैन। पखाल पखुल गरेर मात्रै जाँदैन,' उपेन्द्र यादवप्रति लक्षित गर्दै ओलीले भने। 
झुटमुट कुरा गरेर कोभिडको यस्तो बेला देशमा तनाव बढाउने अनेकता बढाउने वैमन्शयतातिर देशलाई लैजाने अहिले परिस्थिति होइन भन्दै आफ्नो प्रतिरक्षा गरे। 

'माखे साङ्ग्लोजस्तो भनेको जटिल परिस्थिति हो। माखे साङ्ग्लोजस्तो जान्यो भने भत्किन्छ जानेन भने अल्झिन्छ। मानव साङ्लोलाई माखे भन्यो भनेर प्रचार गरियो,' उनले भने, 'जटिल भयो समस्या भनेको हो। अर्कै प्रसंगमा केही आप झरेर रुख त खाली हुँदैन भनेको थिएँ। तर, मधेश आन्दोलनका शहीदसँग जोडेर प्रचार गरियो। आँप झर्‍यो भनेर मधेशीलाई हेपेको भनेर भनियो। यस्तो छुद्र खालको राजनीति नगरौं।' 

मान्छेको जीवन जाने कुरालाई लिएर आप झर्‍यो भन्न मिल्दैन र आफूले कहिल्यै नभनेको बताए। 'तराईँमा त्यसलाई लगेर उत्तेजनाको राजनीति गरियो। यस्तो उत्तेजना र अनेक काण्डको राजनीति,' ओलीले भने, 'हामीले राष्ट्रिय राजनीतिलाई झुट जालझेल वैमनश्यताको राजनीतिक होइन, जनतालाई सहि सूचना दिनुपर्छ।' 

प्रधानमन्त्रीले शिलन्यासको पनि प्रतिरक्षा गरे। 

'केही नभएका ठाउँमा शिलान्यास रे। सुनसरी डाइभर्सन मरिन के हो? लाखौ हेक्टर जमिन सिँचाइ हुन पाउँदा किन चित्त दुख्यो?,' ओलीले भने, 'कोही पूर्वको पश्चिमको तराईँको ठेकेदार हुँदैन। सबै विकास गर्नुपर्छ।' 

उनले समृद्धिको विषय मजाकको तुक्का मिलाउने अभियान नभएको भन्दै त्यसलाई साझा रुपमा अगाडि बढाउनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell