PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

कोरोनाले रोक्यो कमेडी च्याम्पियनको छायांकन



पहिलोपोस्ट

कोरोनाले रोक्यो कमेडी च्याम्पियनको छायांकन

काठमाडौं : कोरोना भाइरसको दोस्रो लहर बढेसँगै 'कमेडी च्याम्पियन सिजन २'को नयाँ श्रृङ्खलाको छायांकन स्थगित भएको छ। कमेडी च्याम्पियन निर्माण युनिटले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी दिएको हो।

लेखिएको छ 'कोभिड-१९ का कारण सिर्जना भएको यो स्थितिका कारण हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ छौं।'

अहिलेलाई छायांकन स्थगित गरिएको भए पनि चाँडोभन्दा चाँडो नयाँ ऊर्जासहित आउने टिमले जनाएको छ। साथै सबैलाई सुरक्षित बस्न समेत आग्रह गरेको छ।

'कमेडी च्याम्पियन सिजन २' ले १६ एपिसोडसम्म प्रसारण गरिसकेको छ। च्याम्पियनमा हाल टप ९ प्रतिस्पर्धी छन्।

 

कोभिड-१९ का कारण सिर्जना भएको यो स्थितिका बीच हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ...

Posted by Comedy Champion on Sunday, May 9, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell