PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

संसदभित्र आरोप प्रत्यारोप, कोभिड १९ भएका सांसद भने बाहिरअर्कै धुनमा

संसदभित्र आरोप प्रत्यारोप, कोभिड १९ भएका सांसद भने बाहिरअर्कै धुनमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमा सोमवार व्यवस्थापिका संसदभित्र छलफल चलिरह्यो।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य दलका शीर्ष नेताले समेत संसद भवनभित्र पुगेर कडा भाषण गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभपतिदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत ओलीविरुद्ध कटाक्ष गरे। यी सबै हेरिरहेका सांसदलाई भवनभित्रको ४ घण्टाको समय खासै लामो  भएन। तर, संसद भवनभित्र नपसेका सांसदले भने पहिले झै आफ्नो कुर्सीमा बसेर यी दृष्यहरु हेर्न पाएनन्।

कोरोना संक्रमण भएका कारण केही सांसद भित्र छिर्न पाएनन्। उनीहरुका लागि छुट्टै व्यवस्था छ। त्यसैले उनीहरुलाई भित्रको माहोलले थोरै छोयो। उनीहरु चिया खाएर एक आफसमा गफ गर्दै समय कटाएको देखिन्थ्यो।



ट्रेन्डिङ पोस्ट

Ncell