PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

संसदमा प्रधानमन्त्री: आलोचनाको जवाफ प्रश्नबाट, पाँच वर्ष संसद राखौँ भनेर विश्वासको मत मागेको हुँ, दिनुहुन्न भने म के गरुँ?



पहिलोपोस्ट

संसदमा प्रधानमन्त्री: आलोचनाको जवाफ प्रश्नबाट, पाँच वर्ष संसद राखौँ भनेर विश्वासको मत मागेको हुँ, दिनुहुन्न भने म के गरुँ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफू माथि उठेका आरोपहरुको जवाफ प्रश्नै प्रश्नले दिएका छन्। 

प्रधानमन्त्रीले प्रतिनिधिसभामा प्रस्तुत गरेको विश्वासको पक्षमा मतदान हुने दिन विपक्षी दलका नेताहरुले आफैले विघटन गरेको प्रतिनिधिसभा दिन्छ भन्दै मत मागेको भन्दै प्रधानमन्त्री माथि प्रश्न उठाएका थिए। 

नियमति अधिवेशन बोलाउने बेला विशेष अधिवेशन बोलाएर पुन: प्रतिनिधिसभा विघटन गर्ने षड्यन्त्र गरेको आरोप रोस्ट्रमबाट आफूमाथि लागेपछि प्रधानमन्त्री ओलीले त्यसको जवाफ प्रश्नैबाट दिए। 

'केही साथीले भन्नुभयो प्रतिनिधिसभा पुन: विघटन हुन्छ कि भन्ने चिन्ता ब्यक्त गर्नुभयो। त्यही नहोस् भन्नका लागि त मत मागेको हो नि? मत दिनुस् न त पाँचै वर्ष चल्छ,' उनले भने, 'फेरी पुन: विघटन गर्छ की भन्ने व्यक्त गर्नुभयो। षड्यन्त्र देख्नुभयो। मत दिनुस् षड्यन्त्र चिर्दिनुस् न त।'
उनले आफूले मुद्दा लडेर पुन:स्थापना गरेको प्रतिनिधिसभा पाँच वर्ष बचाउन पक्षमा मत दिन आग्रह गरे। 

'मत दिनुस् पाँच वर्ष चलाउँ भन्छु, मान्नु हुन्न त म के गरुँ? भीरको डिलमा गएर मुन्तिर फाल हाल्ने अनि गुरुत्वकर्षणलाई दोष दिने?,' उनले प्रश्न गरे।

प्रतनिधिसभाको विशेष अधिवेशनमा सुरुमै बोलेका प्रधानमन्त्रीमाथि विपक्षी नेताहरुले प्रश्न गरेपछि जवाफ दिन रोस्ट्रममा उक्लिएका प्रधानमन्त्री ओलीले प्रश्न गर्ने विपक्षी दलका नेताहरु माथि कटाक्ष गरे, 'मैले बुझाउन सकेनछु। लामै समय लगाएर मस्काएन भने जाँदैन। पखाल पखुल गरेर मात्रै जाँदैन। त्यस्तै भए जस्तो छ।' 

उनले आफूले झुट मुट कुरा गरेर कोभिडको यस्तो बेला देशमा तनाव बढाउने अनेकता बढाउने वैमन्शयतातिर देशलाई लैजान नचाहेको दाबी गरे। 

उनले उपेन्द्र यादवप्रति कटाक्ष गर्दै भने, ' एउटा प्रसंगमा मांखे साङ्लो भनेको थिएँ। लौ माँखे साङ्लो भन्यो भनेर कराए कोही। माँखे सांङ्लो भनेको झिंगा जस्तो होइन। जटिल परिस्थिति हो। माखे संग्लो जान्यो भने भत्किन्छ जानेन भने अल्झिन्छ। मानव साङ्लोलाई माखे भन्यो भनेर प्रचार गरियो।'

त्यस्तै यादवले कोट्याएको आँपको प्रसंगको पनि जवाफ दिए। 

'अर्कै प्रसंगमा केही आँप झरेर रुख त खाली हुँदैन भनेको थिए। तर मधेस आन्दोलनका शहीदसँग जोडेर प्रचार गरियो। आँप झरयो भनेर मधेसीलाई हेपेको भनेर भनियो। यस्तो छुद्र खालको राजनीति नगरौं,' ओलीले भने, 'मान्छेको जीवन जाने कुरालाई लिएर आप झर्योर भन्न मिल्दैन । मैले कहिले भन्दिन्। तराईमा त्यसलाई लगेर उत्तेजनाको राजनीति गरियो। यस्तो उत्तेजना र अनेक काण्डको राजनीति। हामीले राष्ट्रिय राजनीतिलाई झुट जालझेल वैमनश्यताको राजनीतिक होइन जनतालाई सहि सूचना दिनुपर्छ।' 

यादवले सबैभन्दा बढी मधेश विरोधी ओली भएको र ओलीकै पालमा सबैभन्दा धेरै दमन भएको भन्दै मत नदिने घोषणा गरेका थिए। 

काम नसकी म कसरी लिफ्ट चढेर धरहरा चढेँ त?

त्यस्तै उनीमाथि विपक्षी नेताहरुले शिलान्यासको विषयमा प्रश्न गरेका थिए। 

'केही नभएका ठाउँमा शिलान्यास रे। सुनसरी डाइभर्सन मरिन के हो। लाखौ हेक्टर जमिन सिँचाइ हुन पाउँदा किन चित्त दुख्यो?  कोही पूर्वको पश्चिमको तराईको ठेकेदार हुँदैन। सबै विकास गर्नुपर्छ,' उनले भने, 'समृद्धिको विषय मजाकको तुक्का मिलाउने अभियान होइन। साझा रुपमा अघि बढाउनुपर्छ।'  

निर्माण सम्पन्न नभएका परियोजना उद्घाटन गरेको उनीमाथि विपक्षी नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, यादवसहितले प्रश्न गरेका थिए। 

'धरहरा निर्माण भयो। मैले उद्घाटन गरे। धरहरा उद्घाटन भयो। त्यसमा दु:ख मनाउ किन भनेको?,' उनले प्रश्न गरे। त्यति मात्र होइन संसद बैठकमा उपस्थित नभएका माधव नेपाललाईसमेत कटाक्ष गरे।  

'एउटा मित्र (माधव नेपाल)सँग भेटका लागि होटलमा गएको थिएँ। होटलबाट धरहरा हेर्दै थिएँ। त्यही बेला टुप्लुक्क आइपुग्नु भयो,' उनले भने 'मलाई धहरा देखायो भनेर भाषण गर्नुभयो। धरहरा देखाउन नहुने कुरा हो र? अचम्म लाग्यो।'

काम नसकी उद्घाटन गरेको आरोप लागेपछि ओलीले धरहरा चढ्न जान अनुरोध गरे। 'काम नसकी उद्घाटन गर्योा रे? काम नसकेको भए म कसरी टुप्पोमा पुगेँ,' उनले प्रश्न गर्दै भने, 'म त लिफ्ट नै चढेर गएको हुँ त।'

अस्ती फूटेका साथीले उपसभामुख राखौँ भन्या भए के हुन्थ्यो?

बैठकमा कांग्रेस सभापति देउवाले उपसभामुख नभएको प्रसंग उठाए पछि देउवालाई कटाक्ष गरे। 'नेपाली कांग्रेसले यहीँ सदनमा हामी टपरी थाप्दैनौ। उपसभामुख चाहिँदैनौ भनेको होइन,' उनले भने, 'पल्लो छेउका (जसपा)ले पनि किन हामीलाई कर गर्नुहुन्छ चाहिँदैन भन्नुभएको हो,' उनले भने, 'संसदमा भएकै एउटै सदस्यलाई उपसभामुख खानुस पनि भनियो। त्यसलाई षड्यन्त्रको रुपमा बुझियो। ल यसले पार्टी नै सकिदिने भयो भन्ने बुझे।'

उनले एउटै पार्टीको सभामुख र उपसभामुन हुन नमिल्ने संवैधानिक व्यवस्थालाई सम्झाउँदै भने, 'पहिले  फुटेको भए हुन्थयो पार्टी।

संविधानअनुसार एउटै पार्टीको बन्न नहुने। अर्को पार्टीको खोज्दा कोही पनि नभेटिने। हामीले बनाउने नखोजे जस्तो रे। अस्ती पार्टी फुटेका साथीले भने हुँदैन्थ्यो उपसभामुख बनाउ भनेर।'

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अध्यादेशको बचाउ गरे। 'अध्यादेश संवैधानिक अधिकार हो। गतिशील हुनुपर्ने संस्था गत्यावरोध हुने अवस्थामा पुगेकाले अध्यादेशबाट नियुक्ति भए। संसदीय सुनुवाई समिति छ। सुनुवाई हुन्छ,' उनले भने, 'संसद चलेपछि बहुमतले असफल गरे भयो।'

प्रचण्डमाथि कटाक्ष
उनले प्रचण्डमाथि लोकतन्त्रको चिन्ता ब्यक्त गरेको भन्दै कटाक्ष गरे। 'एक जना मित्रले लोकतन्त्रको सारो चिन्ता व्यक्त गर्नुभयो। मलाई खुसी लागेको छ,' उनले भने, 'हिजो यही लोकतन्त्र विरुद्ध १० वर्ष जंगलमा जानुभएको हो। हामीले आउनुस् भन्दै फकाएका हौँ।'

उनले प्रचण्डले काम गर्न नदिने र समर्थन पनि गर्ने दोहोरो चरित्र देखाएको आरोप लगाए। 'काम गर्न नदिने समर्थन पनि गर्ने। मार्ग प्रसस्त गर्नुस राजिनामा दिएर। म राजीनामा गर्थे नि। बहुमत छ आफूसँग कसरी राजीनामा गर्ने?,' उनले प्रश्न गर्दै भने, 'मैले विश्वासको मत लिन्छु भनेपछि बल्ल समर्थन फिर्ता रे। १५ दिन पहिले गरे हुन्थ्यो नि। विरोध गरेको छ विकल्प दिएको छैन। इनफ इज इनफ भएर त विश्वासको मत लिँदैछु।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell