PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नयाँ सरकार गठनका लागि समर्थन गर्न गण्डकी प्रदेशमा जनमोर्चाको ह्विप



रिना थापा

नयाँ सरकार गठनका लागि समर्थन गर्न गण्डकी प्रदेशमा जनमोर्चाको ह्विप

पोखरा : गण्डकी प्रदेशमा नयाँ सरकार गठनमा सर्मथन गर्न राष्ट्रिय जनमोर्चाले ह्विप जारी गरेको छ। जनमोर्चाकी सचेतक पियारी थापाले ३ दलको गठबन्धनलाई समर्थन गर्न सोमबार ह्विप जारी गरेकी हुन्।

प्रदेशमा नयाँ सरकार गठनको लागि निर्णायक भूमिकामा जनमोर्चा छ। तर, जनमोर्चाले सरकार गठबन्धमा सर्मथन गर्न आनाकानी गर्दै आइरहेको छ। प्रदेशमा रहेका जनमोर्चाका ३ सांसदमध्ये सचेतक पियारी थापाले सुरुआत देखि स्पष्ट धारण राख्दै आएकी छिन् ।

नयाँ सरकार गठनमा ३ दललाई जनमोर्चाको सर्मथन छ। तर बाकी २ सांसद कृष्ण थापा र खिमविक्रम शाहीले भने यस विषयमा कुनै निर्णय दिएका छैन। 

सचेतक पियारीले पनि सोमबार दुबै सांसदको नाम वेग्लावेग्लै निर्देशन जारी गरेकी छन्। 

‘प्रदेश सभामा प्रतिनिधित्व गर्ने पार्टीहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जसपाका ३१ जना प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री पदका लागि माननीय कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि समर्थन गर्ने प्रायोजन हुँदा तत् बमोजिम हाम्रो संदस्यीय दलका सदस्यहरुले हस्ताक्षर गर्न यो निर्देशन (ह्विप) जारी गरिएको छ,’ पत्रमा भनिएको छ।

जनमोर्चा यसअघि गण्डकी प्रदेश सरकारलाई सर्मथन दिएको थियो। तर, दिएको सर्मथन आज सोमबार फिर्ता लिएको छ। प्रदेशमा नयाँ सरकार गठन गर्न ३१ सांसद आवश्यक छ। प्रदेशमा रहेका ६० सदस्यीय सांसदमा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन्। एक सांसद स्वतन्त्र हुन्। 

जनमोर्चाको सर्मथन पाए नयाँ सरकारका लागि ३१ सांसद पुग्ने छ।  जनमोर्चाको सर्मथन पाए काङ्ग्रेस नेतृत्वमा कृष्ण चन्द्र नेपाली मुख्यमन्त्री बन्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell