PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

बलात्कार मुद्दामा पत्रकार कोइरालालाई ५ वर्ष कैद



पहिलोपोस्ट

बलात्कार मुद्दामा पत्रकार कोइरालालाई ५ वर्ष कैद

काठमाडौं : उच्च अदालत पाटनले पत्रकार केदार कोइरालालाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद फैसला गरेको छ। न्यायाधीशद्वय अच्युत विष्ट र नवराज थपलियाको संयुक्त इजलासले सोमबार ५ वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो।

यसअघि जिल्ला अदालतले भने कोइरालालाई अभियोगबाट सफाइ दिएको थियो।

घरमा काम गर्ने किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोइराला २०७४ साल जेठमा पक्राउ परेका थिए। जिल्ला अदालतको आदेशमा ०७४ चैतमा रिहा उनी भएका थिए। जिल्ला अदालतले पीडितलाई दश लाख क्षतिपूर्ति भराएको थियो। पीडितलाई क्षतिपूर्ति भराएर अभियुक्तलाई उन्मुक्ति दिएको भन्दै आदेशको आलोचना समेत भएको थियो।

जिल्लाको फैसलाविरुद्ध ०७५ साउनमा उच्च अदालत पाटनमा पुनरावेदन गरिएको थियो। उच्चले जिल्लाको फैसला उल्ट्याउँदै १२ बैशाखमा कसुर ठहर गरेको हो। कसुर ठहर गरेको १५ दिनपछि सजाय निर्धारण गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell