PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

जसले गरे ओलीलाई ठाडै अस्वीकार, यी हुन् पार्टीको ह्वीप उल्लंघन गर्ने एमालेका २८ सांसद



पहिलोपोस्ट

जसले गरे ओलीलाई ठाडै अस्वीकार, यी हुन् पार्टीको ह्वीप उल्लंघन गर्ने एमालेका २८ सांसद

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको विश्वासको मतको प्रस्तावमा पराजित भएका छन्। उनका पक्षमा प्रतिनिधि सभाको सोमवारको बैठकमा उपस्थित रहेका २३२ सांसदमध्ये जम्मा ९३ जनाले मात्रै विश्वासको मत दिएका थिए।

उनको विपक्षमा १ सय २४ सांसदले मत दिएका छन्। नेकपा एमालेकै माधव कुमार नेपाल समूह अनुपस्थित रहेपछि ओली भारी मत अन्तरले विश्वास गुमाउन पुगेका हुन्। एमालेका वरिष्ठ नेता नेपाल समूहका २८ जना सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै बैठक बहिस्कार गरेका थिए। नेपाल समूहमा ३५ जना सांसद रहेको दाबी गरिएको भए पनि २८ जनाले मात्रै ओलीको विपक्षमा उभिएका छन्।

यी हुन् विश्वासको मत प्रक्रियालाई बहिस्कार गरेका एमालेका २८ सांसद :

१. योगेश भट्टराई

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणी चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४ं कल्याणी खड्का

२५.निरादेवी जैरु

२६. कलिला खान

२७. लक्ष्मीकुमारी चौधरी

२८. मुकुन्द न्यौपाने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell