PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

देउवा, प्रचण्ड र यादवको राष्ट्रपतिलाई संयुक्त अपिल, ‘धारा ७६(२) बमोजिम सरकार गठनका लागि आह्वान होस्’



पहिलोपोस्ट

देउवा, प्रचण्ड र यादवको राष्ट्रपतिलाई संयुक्त अपिल, ‘धारा ७६(२) बमोजिम सरकार गठनका लागि आह्वान होस्’

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै प्रमुख तीन दलका शीर्ष नेताहरुले संयुक्त वक्तव्य निकालेका छन्। ओलीले विश्वासको मत गुमाएसँगै संविधानको धारा ७६(२) अनुसार गठबन्धनको सरकार निर्माणको आह्वानका राष्ट्रपतिलाई आग्रह गरिएको हो। 

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य निकाल्दै सरकार गठनको प्रक्रिया थाल्न आग्रह गरेका हुन्। 

वक्तव्यमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेपालको संविधानको बमोजिम प्रधानमन्त्री पदबाट पदमुक्त हुनु भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिज्यूलाई आह्वान गर्दछौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell