PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

नयाँ सरकार गठनको आह्वानको तयारीमा राष्ट्रपति, दलहरुले कति पाउलान् समय?



पहिलोपोस्ट

नयाँ सरकार गठनको आह्वानको तयारीमा राष्ट्रपति, दलहरुले कति पाउलान् समय?

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्ने तयारी गरेकी छन्। राष्ट्रपति निकट स्रोतहरुका अनुसार सोमबार साँझ नै राष्ट्रपतिले सरकार गठनको आह्वानको सम्भावना रहेको छ। 

‘सम्भवतः आजै नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान हुन्छ। कम्तीमा तीन दिन वा बढीमा सात दिनसम्म गठबन्धन सरकारका लागि मौका दिने तयारी छ’, राष्ट्रपति निकट स्रोतले भन्यो। 

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै धारा ७६(२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell