काठमाडौंः प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको सिफारिस भएको छ। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो। सोमबार राति १२ बजेदेखि लागू हुनेगरि अन्त्यको सिफारिस भएको हो
विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन बोलाइएको थियो। सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएसँगै अधिवेशन अनत्यको सिफारिस भएको हो।
अब नियमित बजेट अधिवेशन चाँडै बोलाइने मन्त्रिपरिषद् स्रोतले जानकारी दियो।
