A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6985e04444a390.73119273): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6985e04444a390.73119273,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

आरतीका मालिक सिङ्घलले तीन प्राविधिकमाथि कुटपिट गरेर भारत फर्किए, केस प्रहरीमा नजाने
PahiloPost

Feb 6, 2026 | २४ माघ २०८२

आरतीका मालिक सिङ्घलले तीन प्राविधिकमाथि कुटपिट गरेर भारत फर्किए, केस प्रहरीमा नजाने



अनन्तराज न्यौपाने

आरतीका मालिक सिङ्घलले तीन प्राविधिकमाथि कुटपिट गरेर भारत फर्किए, केस प्रहरीमा नजाने

विराटनगर : बारम्बार आफ्ना कर्मचारीउपर दुर्व्यवहार र कुटपिट गरेर विवादमा पर्दै आएका आरतीका वास्तविक मालिक सञ्जय सिङ्घलले फेरि उद्योगका ३ प्राविधिकलाई कुटपिट गरेका छन्। भारतीय उद्योगी सिङ्घलले प्लान्ट हेड राजीव शुक्ला, मेकानिकल इन्जिनियर बीभी पाण्डे र टीएमटी प्रमुख अभयप्रतापलाई कुटपिट गरेका हुन्।

अत्यन्त सनकी स्वभावका सिङ्घल तीन कर्मचारीलाई कुटपिट गरेपछि काँकडभिट्टा नाका हुँदै भारत फर्किएका थिए। सिङ्घल भारतको तत्कालीन बहुराष्ट्रिय कम्पनी भूषण स्टिलका मालिक हुन्। भूषण स्टिल टाट पल्टिएपछि सिङ्घलविरूद्ध भारतका अदालतमा बैङ्किङ कसुरको मुद्दा छ। उनलाई त्यहाँको अदालतले भारत नछाड्न आदेश दिएको छ। तर, अदालतका आदेशविरूद्ध उनी बारम्बार नेपाल आउने गर्छन्।

इन्जिनियर पाण्डेले तीन जनाउपर नै सिङ्घलबाट दुर्व्यवहार र कुटपिट गरेको पुष्टि गरे।

‘म यही वैशाख ३१ गते कम्पनीको काम छाड्दैछु’, पाण्डेले भने, ‘मेरो राजीनामा स्वीकृत भइसक्यो। यहाँ बसेर काम गर्ने वातावरण भएन। मुख्य मालिक नै अमानवीय गतिविधिमा उत्रिएपछि कसैको सुरक्षाको प्रत्याभूति हुने भएन।’

उनले भारतको विहार राज्यको मोतीहारी जिल्लामा आफ्नो घर भएको र विगत १० वर्षदेखि आरतीमा काम गरिरहेको जानकारी दिए।

‘हामीले केही बिगारेका थिएनौँ, सिङ्घलले अकस्मात् आफ्नो कार्यकक्षमा बोलाएर हामीलाई अश्लील गाली गर्दै कुटपिटसमेत गरे’, उनको गुनासो थियो, ‘कसैको मास्क खोसिदिए र मुखमा थुकिदिए। खोसेको मास्क खुट्टाले कुल्चिदिए। अत्यन्त पाशविक र राक्षसी व्यवहार देखाए।’

टीएमटी प्रमुख अभयप्रतापले पनि मालिक सिङ्घलको व्यवहारका कारण आफूले कम्पनीबाट राजीनामा दिइसकेको जानकारी दिँदै थप केही भन्न नचाहने बताए। सिङ्घलको दुर्व्यवहार भएको लगत्तै प्लान्ट हेड राजीव शुक्लाले आरती स्ट्रिप्स छाडेर गोदावरी स्टिलमा काम गर्न थालेका छन्।

पीडित तीन जनाले नै आफूमाथि भएको दुर्व्यवहार लिएर प्रहरीमा नजाने स्पष्ट पारे।

पाण्डेको भनाइ छ, ‘प्रहरीमा गएर के गर्नु? प्रहरीलाई उल्टै खाने बाटो हुन्छ। यसअघिका केसमा पनि यस्तै भयो। प्रमाण नपुग्ने भनेर प्रहरीले केस नै ढिसमिस गरिदिन्छ र सिङ्घललाई नै जोगाउँछ।’

सिङ्घलले यसअघि गत चैतको पहिलो हप्तामा आरतीकै तत्कालीन वरिष्ठ इन्जिनियर नागेन्द्रप्रसाद गुप्तासहित ३ जनालाई कुटपिट गरेका थिए। गुप्ताले यसबारेमा जिल्ला प्रहरीमा उजुरी दिए पनि सिङ्घलका प्रभावमा परेको प्रहरीले प्रमाण नपुगेको भन्दै केस पेन्डिङमा राखेको छ। तीन वर्ष अघि सिङ्घलले उद्योग परिसरभित्र आरतीका उपाध्यक्ष सञ्जीव शर्मा र मार्केटिङ प्रमुख इन्द्रजित गर्गलाई कुटेका थिए।

आरतीका उपाध्यक्ष एवं निर्देशक विशाल गुप्ताले केही प्राविधिकबीच मालिक सिङ्घलको भनाभन र हात हालाहाल भएको पुष्टि गरे।

‘मालिक सिङ्घल सर्ट टेम्परवाला हुनुहुन्छ’, निर्देशक गुप्ताले भने, ‘यहाँ मालिक रिस थाम्नै सक्नुहुन्न। त्यसैले सामान्य हातपाई भयो होला तर हामीले केसलाई आन्तरिक रूपमै मिलाइसकेका छौँ। प्रहरीमा जाँदैन। यसको व्यवस्थापन भइसकेको छ।’

उद्योगका प्रशासन प्रमुख दिवस नेपालले कोभिडका कारण आफू घरबाटै काम गरिरहेको हुँदा कारखानाभित्रको सबै कुरा थाहा नपाउने भन्दै पन्छिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell