PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

धोन्डुप छिरिङको ‘आमाखान्डो’ उत्कृष्ट फिल्म, निफमा कुन फिल्मले के अवार्ड जिते?



पहिलोपोस्ट

धोन्डुप छिरिङको ‘आमाखान्डो’ उत्कृष्ट फिल्म, निफमा कुन फिल्मले के अवार्ड जिते?

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)ले अवार्ड विजेता फिल्मको सूची सार्वजनिक गरेको छ। बैशाख २२ देखि ५ दिनसम्म चलेको फेस्टिभलको आज समापन भएको छ।

फिल्म ‘लाटोकोसेरो’बाट सरिता गिरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सफल भएकी छिन् भने नविन शिल्पकारले पनि ‘लाटोकोसेरो’बाट उत्कृष्ट अभिनेताको उपाधि जित्न सफल भए। त्यसैगरि, शिरिष गुरुङले फिल्म ‘लाटोकोसेरो’बाट उत्कृष्ट सिनेमेटोग्राफर घोषित भए।

फेस्टिभलमा फिचर फिल्मको राष्ट्रिय प्रतिस्पर्धातर्फ निर्देशक धोन्डुप छिरिङको ‘आमाखान्डो’ले उत्कृष्ट फिल्मको उपाधि हात पार्‍यो। उत्कृष्ट निर्देशकको अवार्ड समेत धोन्डुप छिरिङले नै जिते।

फिचर तर्फकै उत्कृष्ट पटकथाको अवार्ड भने ‘सरिता टेल मी हु आइ एम’बाट सर्जियो बासोले जितेका छन्।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर फिल्मको अवार्ड बात्र्या बसु निर्देशित ‘डिक्स्नेरी’ले जित्यो। जुन फिल्मले गौतमबुद्ध अवार्डसहित १५ सय अमेरिकी डलर पाप्त गरेको छ। 

सर्ट फिल्म तथा डकुमेन्ट्री अन्तर्गत प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय फिल्ममध्ये दक्षिण कोरियाको ‘गड्स डटर डान्सेज’ले ५ सय पुरस्कार राशि रहेको वाग्मती पुरस्कार जितेको छ।

नेपालबाट भने राजेशप्रसाद खत्री निर्देशित ‘जुलुङ्गो’ उत्कृष्ट सर्ट फिल्ममा घोषित भयो। यो फिल्मले ५ सय डलर पुरस्कार पाएको छ।

फेस्टिभलमा महामारीको विषयमा बनेका फिल्ममध्ये गणेश पाण्डे निर्देशित ‘सिभिल सोल्जर्स’ उत्कृष्ट फिल्म घोषित भएको छ। फिल्मले ५ सय डलर पुरस्कार पाएको छ।

त्यसैगरी, फिनल्यान्डको फिल्म ‘उबरफ्रग’ एनिमेटेड विधामा उत्कृष्ट भएसँगै ७ सय ५० डलर पुरस्कार राशि रहेको मञ्जुश्री अवार्ड जित्यो।

डकुमेन्ट्र तर्फको अवार्ड भने स्वीजरल्यान्डको ‘रिटर्न टु दि लस्ट इडेन’ ले पायो। यो फिल्मले १ हजार डलर पुरस्कार राशि रहेको माउन्ट एभरेस्ट अवार्ड पाएको छ।

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका चौथो संस्करणको फेस्टिभलमा यो वर्ष ६६ फिल्महरु प्रतिस्पर्धामा रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell