PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

अधिवेशन अन्त्यको पत्र रातारात पुर्‍याइयो संसद्, मतदानको जानकारी राष्ट्रपति कार्यालय पठाइयो



पहिलोपोस्ट

अधिवेशन अन्त्यको पत्र रातारात पुर्‍याइयो संसद्, मतदानको जानकारी राष्ट्रपति कार्यालय पठाइयो
फाइल फोटो

काठमाडौंः प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको जानकारी राष्ट्रपति कार्यालयले संघीय संसदलाई पठाएको छ। सोमबार कार्यालय समयपछिको मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन अन्त्य गरिएको थियो। अन्त्यसँगै राष्ट्रपति कार्यालयले सो जानकारी संसदलाई पठाएको हो।

संघीय संसद् सचिवालयले सोमबार राति नै उक्त जानकारीलाई सूचना पत्रमा प्रकाशित गरेको छ।

यस्तै, प्रतिनिधि सभामा सोमबार भएको मतदानको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालय पठाएका छन्। मतदान प्रक्रिया सम्पन्न हुनसाथ संघीय संसद् भवनबाटै मतदातको जानकारी राष्ट्रपति कार्यालय पठाइएको हो।

उक्त जानकारी अनुसार राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनका लागि आह्वानको तयारी गरेको छ।

सो आह्वानअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट समेत गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell