PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रदेश १ मा आज ९३७ जनामा देखियो कोरोना संक्रमण, ११ जनाको मृत्यु



पहिलोपोस्ट

प्रदेश १ मा आज ९३७ जनामा देखियो कोरोना संक्रमण, ११ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज ९३७ जनामा कोरोना संक्रमण देखिएको छ। यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो। गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो।

प्रदेश १ मा आज १ हजार ९८२ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३८७ महिला र ५५० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। आज मोरङमा ३९८, झापामा २६३ जनामा कोरोना संक्रमण देखिएको छ।

त्यस्तै, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, तेह्रथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३,  भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा सबैभन्दा बढीमा संक्रमण देखिएको छ। जहाँ १२४ महिला र १७७ पुरुष सहित ३०१ जना संक्रमित थपिएका छन्।

मोरङकै सुन्दरहरैचामा ३५, कटहरीमा १३, उर्लाबारी र बुढीगंगामा ९/९, पथरीशनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४/४, रंगेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा ३/३, धनपालथान, सुनबर्षी र स्थानीय तह नखुलेका १/१ जना संक्रमित भएका छन्।

झापाको भद्रपुरमा ६३, विर्तामोडमा ४२, दमकमा ३४, मेचीनगरमा २५, अर्जुनधारा र कनकाईमा २०/२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८, कमल गाउँपालिकामा ७, बाह्रदशीमा ४, स्थानीय तह नखुलेका ३, स्थानीय हल्दिबारी र झापा गाउँपालिकामा २/२, शिवसताक्षी र गौरीगञ्जमा १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ।

सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोशी गाउँपालिकामा ४, दुहवी, भोक्राहानरसिंह र देवानगञ्ज ३/३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २/२, गढी, हरिनगर र बर्जुमा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

त्यसैगरि, उदयपुरको बेलकामा ४२, त्रियुगा र स्थानीय तह नखुलेका ३/३,चौदण्डीगढी र कटारी २/२, ताप्लेजुङको फुङलिङमा ३४, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र स्थानीय तह नखुलेका १/१, तेह्रथुमको म्याङलुङमा २८, मेन्छयायेम र स्थानीय तह नखुलेका १/१,  इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २, देउमाई, रोङ र सुर्योदयमा १/१, पाँचथरको फालेलुङमा ५ र फिदिममा १, खोटाङको खोटेहाङमा ३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा २, पाँचखपनमा १,  भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३८ हजार ९२० पुगेको छ। आज ७० जना संक्रमणमुक्त भएसगै संक्रमित भएकामध्ये ३० हजार ३०२  संक्रमणमुक्त भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ८ हजार ५० पुगेको छ।

११ जना संक्रमितको मृत्यु

प्रदेश १ मा आज ११ जना संक्रमितको मृत्यु भएको छ। झापामा दुई पुरुष, मोरङमा दुई पुरुष तीन महिला र सुनसरीमा तीन पुरुष एक महिला संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६८ पुगेको छ। जसमा महिला १६७ र पुरुष ४०१ रहेको मन्त्रालयको तथ्यांक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell