PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वीरगंजमा थप १० जना कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

वीरगंजमा थप १० जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेजको बाबा होटलमा ३, एडभान्स र वीरगंज हेल्थकेयर अस्पतालमा १/१ जना संक्रमितको मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा ६ पुरुष र ४ महिला गरी १० जनाको मृत्यु भएको छ। जसमा ७ जना पर्साका र ३ जना बाराका रहेका छन्।

नारायणी अस्पतालमा निजगढ नगरपालिका वडा नम्बर ७ का ६० वर्षीय वृद्धको सोमवार बिहान २ बजे मृत्यु भएको छ भने जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ बेहरीका ७० वर्षीय वृद्धको पौने ११ बजे बिहान मृत्यु भएको थियो।

त्यसैगरी, नारायणीमा पर्साको बहुदरमाई-२ वैरियाका ६५ वर्षीय वृद्धको सोमवार बिहान ९ बजे, वीरगंज-१० आदर्शनगरका ६९ वर्षीया वृद्धाको सोमवार साँझ ४:२० वजे र वीरगंज-४ विर्ताकी ४० वर्षीया महिलाको साँझ साढे ६ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा सरोजरोशन दासले जानकारी गराएका छन्। पाँच जनाकै कोभिड निमोनियाको कारण छाती खराब भएको र श्वासप्रश्वासको कारण मृत्यु भएको उनले बताए।

त्यसैगरी, नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको अस्थायी कोरोना अस्पताल बाबा होटलमा वीरगंज-२ छपकैयाका ४५ वर्षीय पुरुष, वीरगंज-१३ मुर्लीका ६५ वर्षीय पुरुष र कलैया-५ का ५२ वर्षीय पुरुष गरी तीन जनाको मृत्यु भएको छ।

त्यस्तै, वीरगंज हेल्थकेयर अस्पतालमा वीरगंज-१० की ६० वर्षीया महिलाको सोमवार बिहान साढे १२ बजे मृत्यु भएको छ भने एडभान्स मेडिकेयर हस्पिटलमा धोबिनी गाउँपालिकाकी ७० वर्षीया वृद्धाको सोमवार बिहान ५ बजे उपचारको क्रममा मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell