PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल ओलीको आजको दिन

प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल ओलीको आजको दिन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओेलीले सोमवार प्रतिनिधिसभामा विश्वासको मत मागे। तर, उनको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भयो।

प्रतिनिधिसभाको आजको बैठकमा ओलीको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत पर्‍यो। सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गरे।

त्यस्तै, १५ जना सांसद तटस्थ बसे। बैठकमा २३२ सांसद उपस्थित थिए।

एमाले संसदीय दलको ह्वीपलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद मतदानमा अनुपस्थित रहेका कारण पनि विश्वासको मतका पक्षमा कम मत जाहेर भएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell