PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कोभिड-१९ को इन्डियन भेरियन्ट थप संक्रामक- डब्लुएचओले घोषणा गर्‍यो विश्वव्यापी 'भेरियन्ट अफ कन्सर्न'



पहिलोपोस्ट

कोभिड-१९ को इन्डियन भेरियन्ट थप संक्रामक- डब्लुएचओले घोषणा गर्‍यो विश्वव्यापी 'भेरियन्ट अफ कन्सर्न'

काठमाडौं : भारतमा पुष्टि भएको कोभिड-१९ को नयाँ भेरियन्ट अधिक संक्रामक रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ। उसले नयाँ भेरियन्ट अधिक संक्रामक रहेको भन्दै विश्वस्तरमा चेतावनी समेत जारी गरेको छ। 

भारतमा पुष्टि भएको कोरोना भाइरसको म्युटेसन बी.१.६१७ भेरियन्टलाई 'भेरियन्ट अफ कन्सर्न'को रुपमा राखेको हो। डब्ल्यूएचओको कोभिड १९ प्रमुख मारिया वेन केरखोवका अनुसार यो भेरियन्ट अधिक संक्रामक छ। यो भेरियन्टले भ्याक्सिन लगाएका मानिसलाई पनि बढी असर पुर्‍याउने उनले बताएकी हुन्। 

‘हामी आधिकारिक रुपमा यसलाई विश्वस्तरमा चिन्तित बनाउने खालको भेरियन्ट घोषणा गर्दछौं,’ उनले भनिन्, 'बी.१.६१७ भेरियन्टको संक्रामकता बढी रहेको केही तथ्यहरु अगाडि आएका छन्।'
 

इन्डियन भेरियन्ट बढी भ्याक्सिन प्रतिरोधीसमेत रहेको  अमेरिकी इपिडिमियोलोजिस्टले बताएको भन्दै त्यसलाई विश्वव्यापी रुपमा 'भेरियन्ट अफ कन्सर्न'को रुपमा घोषणा गरेको उनले बताइन्। यो भेरियन्ट भारतमा तिब्र रुपमा फैलिरहेको र अन्य देशमा पनि फैलिएको उनले जानकारी दिइन्। यसअघि डब्लुएचओले बी.१.६१७ लाई 'भेरियन्ट अफ इन्ट्रेस्ट'को रुपमा राखेको थियो।

उनले भेरियन्टमा भ्याक्सिनले काम नगर्ने भन्ने विषयमा भने कुनै प्रमाण नभएको बताइन्। डब्लुएचओले बी.१.६१७ भेरियन्ट डिसेम्बरको अन्तिममा भारतमा पहिलो पटक पुष्टि भएको जनाएको छ। साथै यसको सुरुवाती रुपमा अक्टोवरमै देखिएको डब्लुएचओले जनाएको छ। 

यसैबिच डब्ल्यूएचओले कोभिड-१९ को उच्च संक्रमणको चरणमा रहेको भारतका लागि सहयोग गर्ने 'टुगेदर फर इन्डिया' कार्यक्रम सुरु गरेको छ। यस अभियानबाट संकलित सहायता भारतमा कोभिड-१९ विरुद्धको लडाईमा डब्लुएचओको एक्यवद्धता अनुरुप फ्रन्टलाइनमा खटिएकाहरुको उपचारमा खर्च हुनेछ। अक्सिजन, औषधि, स्वास्थ्यकर्मीका लागि सुरक्षाका सामग्री खरिद गर्नका लागि सहयोगको परिचालन गरिने छ। 

डब्लुएचओ फाउन्डेशनले सोमवार अभियानको सुरुवात गर्दै भारतमा जीवन जोगाउने डब्लुएचओको अभियानमा सहयोग गर्न अनुरोध गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell