PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

काठमाडौं उपत्यकाभित्र फेरि १५ दिन निषेधाज्ञा, पहिलेभन्दा कडा पार्ने सीडीओहरूको तयारी



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र फेरि १५ दिन निषेधाज्ञा, पहिलेभन्दा कडा पार्ने सीडीओहरूको तयारी

काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप १५ दिने निषेधाज्ञा गर्ने निर्णय भएको छ। उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

'हामीहरुले १५ दिने निषेधाज्ञा गर्ने निर्णय गरिसकेका छौं। हस्ताक्षर गरेर केही समयमा नै सूचना प्रकाशित गर्छौ,' बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले भने। थपिएको निषेधाज्ञा अनुसार अब जेठ १३ गते रातिसम्म निषेधाज्ञा हुने भएको हो।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले थप दुई साता निषेधाज्ञा गर्न सिफारिस गरिसकेको थियो। त्यस्तै काठमाडौं उपत्यकाभित्रका मेयरहरुले पनि थप १५ दिने निषेधाज्ञा गर्न सुझाव दिएका छन्।

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाभित्र दैनिक ४ हजार भन्दा बढी संक्रमित थपिरहेका छन्। सुरक्षा निकायले तरकारी किन्ने समयमा भिडभाड बढेकाले यसमा पनि थप कडाई गर्नुपर्ने सुझाव दिएको थियो। काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको हो। वैशाख २१ गते थप सात दिने निषेधाज्ञा जारी गरिएको थियो।

पछिल्लो समय संक्रमितसँगै विरामीहरुको संख्या ब्यापक भएको छ। अस्पतालमा अक्सिजन अभाव देखिन थालेको छ। त्यसै पनि निषेधाज्ञा थप गर्नु परेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell