PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

नारायणी अस्पतालमा तीन वटा एक्सरे मेसिन बिग्रियो, विरामीलाई समस्या



पहिलोपोस्ट

नारायणी अस्पतालमा तीन वटा एक्सरे मेसिन बिग्रियो, विरामीलाई समस्या

वीरगंज : नारायणी अस्पताल वीरगंजमा एक्सरे मेसिन बिग्रिँदा विरामीलाई समस्या भएको छ।

चार वटा एक्सरे मेशिन रहेकोमा हाल एउटा मोबाइल डिजिटल एक्सरे मात्र सञ्चालनमा छ। कोरोना संक्रमितको अनुसार अस्पतालको पश्चिम पट्टिको ब्लकमा एक्सरे मेसिन बिग्रेको कारण संक्रमतिलाई बाहिर लगेर एक्सरे गराउनु पर्ने बाध्यता आइपरेको छ।

एउटा डिजिटल एक्सरेले सबै संक्रमितको एक्सरे गर्न समय लाग्ने भएकोले पनि कतिपय संक्रमितका कुरुवाहरुले बाहिरबाट एक्सरे गराउँदा अस्पतालबाट नै संक्रमण फैलिने खतरा बढेको छ।

हाल नारायणीमा १२५ जना क्षमताको कोरोना अस्पतालको रुपमा सेवा दिँदै गरे पनि करिब १०५ जना संक्रमितको उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डा. सरोज सिंहले एक्सरे मेसिन विग्रिँदा समस्या भइरहेको स्वीकार गरे। उनले मिस्त्रीलाई काठमाडौंबाट बोलाइएको तर निषेधाज्ञाको कारण नआएकोले बनाउनको लागि काठमाडौं पठाइएको बताए। केही दिनमा करिब ३ वटै एक्सरे सञ्चालनमा आउने उनको भनाइ छ। उनले एउटा एक्सरेले भार थेग्न समस्या भइरहेको पनि सुनाए।

मेसु सम्पर्कविहीन

अस्पतालमा समस्या भइरहँदा मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जय ठाकुर सम्पर्कविहीन बनेका छन्। कोरोना महामारीको बेला अस्पतालको अवस्था नाजुक बन्दै जाँदा र दैनिक ५ जनासम्म ज्यान गुमाई रहेको अवस्थामा उनले आफ्नो मोबाइल स्वीच अफ राख्ने गरेका छन्। अस्पतालको सेवा प्रभावकारी बनाउनु पर्ने जिम्मेवारीमा रहेका मेसु ठाकुरमाथि पछिल्लो समय वीरगंजमा केन्द्र सरकारले दिएको पहिलो चरणको १५० थान रिम्डिसिभिर इन्जेक्सन लुकाएको पनि आरोपसमेत लागेको थियो।

उनले अस्पतालको निमित्त मेसुको जिम्मेवारी पुर्व मेसु डा. एनामुल हकलाई दिएका छन् भने अस्पतालका प्रवक्ताको जिम्मेवारीमा डा. सरोज सिंहलाई जिम्मेवारी दिएका छन्।

तर अस्पतालमा जनशक्ति भर्ना, अक्सिजन आपूर्ति, औषधि खरीद तथा अन्य इक्विपमेन्टको जोहो समयमा हुन नसक्दा अस्पतालमा उपचार गराउने कोभिड र ननकोभिड विरामीहरु समस्या भोग्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell