PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

ए डिभिजन फुटसल लिग स्थगित



पहिलोपोस्ट

ए डिभिजन फुटसल लिग स्थगित

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने भनिएको ए डिभिजन राष्ट्रिय फुटसल लिग स्थगित हुने भएको छ। जेठ १ गतेबाट सुरु हुने भनिएको लिग कोभिड १९ बाट उत्पन्न प्रतिकुल परिस्थितिका कारण स्थगित गरिएको एन्फाले जनाएको छ।

एन्फाले आज सूचना जारी गर्दै ए डिभिजन फुटसल लिग अर्को सूचना जारी नहुन्जेलका लागि स्थगित गरिएको जनाएको छ। प्रतियोगिताको लागि टिमको छनोटलाई पछिल्लो समय एन्फाले तीब्र बनाएको थियो।

पछिल्लो समय कोभिड महामारीको दोस्रो लहरले नेपालमा गहिरो प्रभाव पार्दै गर्दा अधिकांश खेलकुद ठप्प छन्। फुटबलकै नेपाल सुपर  लिग  (एनएसएल) ले कोभिडको स्वास्थ मापदण्डलाई पालना गर्दै सञ्चालन गर्दै आएको भए पनि त्यसबाहेक अन्य खेलकुदका गतिविधि भने स्थगित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell