PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कोरोना विरामीलाई सघाउन सोनु सुदले विदेशबाट अक्सिजन प्लान्ट ल्याउने



पहिलोपोस्ट

कोरोना विरामीलाई सघाउन सोनु सुदले विदेशबाट अक्सिजन प्लान्ट ल्याउने

भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै बलिउड कलाकारहरु सहयोगी हातहरु अघि बढाइरहेका छन्। जसमध्ये एक हुन् अभिनेता सोनु सुद। उनले कोरोना भाइरस महामारीमा धेरै व्यक्तिलाई सहयोग गरिरहेका छन्।

भारतमा अहिले अक्सिजन र भेन्टिलेटरको कमी भइरहेको छ। जसकारण अभिनेता सुदले देशमा अक्सिजनको कमी पूरा गर्न अन्य देशबाट अक्सिजन प्लान्ट ल्याउने घोषणा गरेका छन्।

टाइम्स अफ इन्डियाका अनुसार उनले भारतमा विभिन्न ठाउँमा अक्सिजन प्लान्ट स्थापना गर्न फ्रान्स र अन्य देशहरुबाट ल्याउने भएका छन्।

उनले दिल्ली र महाराष्ट्रसहित भारतका सबैभन्दा कोरोना प्रभावित राज्यमा कम्तीमा चार अक्सिजन प्लान्ट लगाउने योजना बनाएका छन्।

धेरै मानिसलाई अक्सिजन सिलिन्डर नपाएका कारण पीडित देखे उनले। जसकारण अक्सिजन प्लान्टको स्थापना गर्ने सोच आएछ उनमा। प्लान्टले अक्सिजन सिलिन्डर भर्नुका साथै कोरोनाबाट पीडित व्यक्तिहरूको समस्यालाई समाधान गर्ने उनको विश्वास छ।

उनले अर्डर गरेको पहिलो प्लान्ट फ्रान्सबाट १०/१२ दिनमा आउने छ। 'हाम्रो लागि सबैभन्दा ठूलो चुनौतीको समय हो। सबै कुरा समयमै आउँछ। कसैले ज्यान गुमाउनु नपरोस् भनेर हामी सक्दो कोशिश गरिरहेका छौं,' उनले भने।

उनले कोरोनाको पहिलो चरणताका समेत सहयोग गरेका थिए। निरन्तर सहयोग गरिरहेका सुदको कामलाई लिएर सामाजिक सञ्जालमा तारिफ भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell