PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोरोनाका कारण थप २२५ जनाको मृत्यु, ९४८३ जना संक्रमित थपिए



कोरोनाका कारण थप २२५ जनाको मृत्यु, ९४८३ जना संक्रमित थपिए

काठमाडौं : कोरोना संक्रमणका कारण थप २२५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७९ जनाको मृत्यु भएको छ। यस्तै, १४६ जनाको मृत्यु नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनको आधारमा उल्लेख गरिएको मन्त्रालयले जनाएको छ। अस्पतालमा अक्सिजनको अभाव, गम्भीर बिरामीले आइसियु र भेन्टिलेटर नपाउँदा संक्रमितको मृत्यु दर बढेको हो।

सम्बन्धित समाचार : काठमाडौंका अस्पतालहरुमा सकिँदै अक्सिजन, भन्न थाले : बिरामीलाई अन्यत्र लैजानुस्

यस्तै,  पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४८३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ भने ५ हजार २२५ जना संक्रमण मुक्त भएका छन्।

हाल देशभर ९७ हजार ८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell