PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विराटनगरका ३०७ सहित प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिए, १५ जनाको मृत्यु



पहिलोपोस्ट

विराटनगरका ३०७ सहित प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिए, १५ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८/१८, इलाममा ४, पाँचथर र भोजपुरमा २/२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १४६ महिला र १६१ पुरुष सहित ३०७, लेटाङमा २७, सुन्दरहरैचामा २१, बेलबारीमा २०, बुढीगंगामा १४, रतुवामाईमा ९, उर्लाबारीमा ८, पथरीशनिश्चरेमा ७, ग्रामथान र जहदामा ४/४, स्थानीय तह नखुलेका ३, कटहरी, कानेपोखरी र धनपालथानमा २/२ र मिक्लाजुङमा १ जना संक्रमित भएका छन्।

त्यस्तै, झापाको भद्रपुरमा ५७, मेचीनगरमा २६, विर्तामोडमा २५, दमकमा २३, बुद्धशान्ति र अर्जुनधारामा १८/१८, कनकाईमा १६, हल्दिबारीमा १०, कचनकवलमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ३/३, बाह्रदशी, गौरादह र स्थानीय तह नखुलेका २/२ जनामा पनि कोरोना संक्रमण देखिएको छ।

सुनसरीको धरानमा ८५, इटहरीमा ६०, इनरुवा र रामधुनीमा ८/८, दुहवी र बराहक्षेत्रमा ५/५, स्थानीय तह नखुलेका ३, गढी र कोशी गाउँपालिकामा २/२, बर्जु र देवानगञ्जमा १/१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरि, धनकुटाको धनकुटा नगरपालिकामा १५, छथरमा १ र स्थानीय तह नखुलेका २,  उदयपुरको कटारीमा १३, बेलका र त्रियुगामा १/१ र स्थानीय तह नखुलेका ३, इलामको इलाम, सुर्योदय, चुलाचुली र रोङमा १/१, पाँचथरको स्थानीय तह नखुलेका २, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १/१, ताप्लेजुङको फक्ताङलुङ, संखुवासभाको मादी र खोटाङको खोटेहाङमा १/१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज १ हजार ८०० जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ४०१ महिला र ५०३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

प्रदेश १ मा आज थपिएका ९०४ सँगै कोरोना संक्रमितको संख्या ३९ हजार ८२४ पुगेको छ। आज संक्रमणमुक्त भएका ५५ जनासँगै संक्रमित भएकामध्ये ३० हजार ३५९  संक्रमणमुक्त भइसकेका छन्। र, हाल सक्रिय संक्रमितको संख्या ८ हजार ८८२ पुगेको मन्त्रालयले जनाएको छ।

१५ जना संक्रमितको मृत्यु

प्रदेश १ मा आज कोरोना संक्रमित १५ जनाको मृत्यु भएको छ। जसमा २ महिला र १३ परुष रहेका छन्।

मृत्यु हुनेमा झापामा एक महिला र  एक पुरुष, मोरङमा तीन पुरुष, सुनसरीमा एक महिला र  दुई पुरुष रहेका छन्। त्यस्तै, धनकुटा उदयपुर र इलाममा एक/एक पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ।

आज मृत्यु भएका १५ जनासँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८३ पुगेको छ। जसमा १६९ महिला र ४१४ पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell