PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

चीनले सहयोग गरेको अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री नेपाल आइपुग्यो



पहिलोपोस्ट

चीनले सहयोग गरेको अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
फोटो : चिनियाँ पत्रकार सन सीवेइको ट्वीटरबाट

काठमाडौं : कोभिड-१९ विरुद्धको लडाइँका लागि चीनले नेपाललाई सहयोग गरेको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री आज नेपाल आइपुगेको छ। चीनले नेपाललाई सहयोग गरेको पहिलो चरणको स्वास्थ्य सामग्री आज दिउँसो नेपाल आइपुगेको हो।

पहिलो चरणमा ४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेका छन्। नेपाललाई चिनियाँ कम्पनी होङ्सी शिभम् सिमेन्टले सहयोग गरेको १७० थान अक्सिजन कन्सन्ट्रेटर पनि नेपाल आइपुगेको छ।

स्वास्थ्य सामाग्री लिन नेपाल वायु सेवा निगमको विमान चीन पुगेको थियो। कोभिड-१९ विरुद्धको लडाइँमा रहेको नेपाललाई चीनले २० हजार थान अक्सिजन सिलिण्डर सहयोग गर्दैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell