PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड



पहिलोपोस्ट

जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड

जनकपुरधाम : उपचार अभावमा कोरोना संक्रमितको मृत्यु भएको भन्दै एक समूहले प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड गरेका छन्। मंगलवार साँझ संक्रमितलाई भर्ना नगरेको र संक्रमितको मृत्यु भएको भन्दै सो समूहले अस्पतालको उपचार कक्षमा जडान गरिएका उपकरणहरु समेत तोडफोड गरेका छन्।

उक्त समूहले भेन्टिलेटरसमेत तोडफोड गरेको अस्पतालले जनाएको छ। करिब आधा दर्जनको समूहमा रहेको सो समूहले अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात समेत गरेको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद कुमार यादवले जानकारी दिए।

तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell