PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

एनएसएल : ललितपुर सिटीलाई बुटवल लुम्बिनीको चुनौती



पहिलोपोस्ट

एनएसएल : ललितपुर सिटीलाई बुटवल लुम्बिनीको चुनौती
फाइल फोटो

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत प्लेअफको खेलमा आज बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी भिड्दै छन्। आजको खेलमा जित निकाल्ने टोलीले काठमाडौं रेजर्ससँग इलिमिनेटर खेल्दै फाइनलको होडमा कायम रहने छन् भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छन्।

प्रतियोगिताको लिग चरणमा ललितपुरले २ जित, ३ बराबरी र १ हार ब्यहोर्दै ९ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेको थियो। त्यस्तै बुटवल लुम्बिनीले २ जित, २ हार र २ बराबरी ब्यहोर्दै तालिकाको चौथो स्थानमा रहेको प्लेअफमा स्थान बनाएको थियो। लिग चरणमा ललितपुर सिटीले बुटवल लुम्बिनीमाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो।

खेल आज साँझ साढे पाँच बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। प्रतियोगिताको फाइनलमा यसअघि नै धनगढी एफसी पुगिसकेको छ। आजको खेलमा विजयी टोलीले फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell