PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

बाबा होटलमा अक्सिजन सकिएपछि होहल्ला, प्रशासनले पुर्‍यायो राति नै



राधेश्याम पटेल

बाबा होटलमा अक्सिजन सकिएपछि होहल्ला, प्रशासनले पुर्‍यायो राति नै

वीरगंज : वीरगंजको नगवामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालद्वारा सञ्चालित बाबा होटल अस्थायी कोभिड अस्पतालमा राति ११ बजे सबै अक्सिजन सकिएपछि होहल्ला भयो। संक्रमितका आफन्तले अस्पताल र प्रशासनको रवैयाको विरोध गर्दा होहल्ला गरेका थिए।

मंगलवार बिहानदेखि अक्सिजनको अभाव रहेता पनि प्रहरी प्रशासनले अक्सिजनको व्यवस्थापन गर्न नसकेको भन्दै बिरामीका आफन्त प्रदर्शनमा उत्रिएका थिए। उक्त कोभिड अस्पतालमा हाल ८० भन्दा बढी संक्रमित उपचाररत रहेका छन्। अक्सिजन सकिएर अस्पतालले व्यवस्थापन गर्न नसकेको र यसबारे जानकारी गराउँदा साँझबाट पर्साका प्रजिअ पिताम्बर घिमिरे र पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेसमेत सम्पर्कमा आएका थिएनन्।

समाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि राति नै प्रशासनले समाजिक संस्थाहरुले भण्डारण गरी राखेको अक्सिजनबाट एक लट अक्सिजन(५०) पिस अक्सिजन अस्पतालमा पुर्‍याएको र विवाद साम्य भएको अस्पतालले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell