PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आज रातिबाट भोजपुरमा पनि निषेधाज्ञा, ७२ जिल्लामा एकै हाल



पहिलोपोस्ट

आज रातिबाट भोजपुरमा पनि निषेधाज्ञा, ७२ जिल्लामा एकै हाल

काठमाडौं : आज राति १२ बजेदेखि भोजपुरमा पनि  निषेधाज्ञा जारी गरिएको छ।

कोरोना संक्रमित थपिँदै गएपछि भोजपुरमा पनि राति १२ बजेदेखि जेठ १२ गते १२ बजे रातिसम्मको लागि निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

भोजपुरमा निषेधाज्ञा जारी भएसँगै निषेधाज्ञा लागू हुने जिल्लाको सङख्या ७२ पुगेको छ। बाँकी ५ जिल्लाहरुमा मात्र निषेधाज्ञा भएका छैन। मनाङ, मुस्ताङ, पूर्वी रुकुम, खोटाङ र तेह्रथुम रहेका छन्। ६३ जिल्लाहरुमा पूरै जिल्लाभर र बाँकी ९ वटा जिल्लामा आंशिक निषेधाज्ञा गरिएको हो।

सप्तरी, धनकुटा, सिन्धुपाल्चोक, इलाम, म्याग्दी, ताप्लेजुङ्, रामेछाप, मकवानपुर र काभ्रेमा भने आंशिक रुपमा निषेधाज्ञा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell