PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

निषेधाज्ञामा पनि नरोकिएको जुवा खाल : काठमाडौंबाट ११ लाख रुपैयाँसहित २५ जना समातिए



पहिलोपोस्ट

निषेधाज्ञामा पनि नरोकिएको जुवा खाल : काठमाडौंबाट ११ लाख रुपैयाँसहित २५ जना समातिए

काठमाडौं : निषेधाज्ञाको समयमा अनावश्यक रुपमा मानिसलाई घरबाट ननिस्किन भनिएको छ।

विवाहमा त १० जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ। तर, निषेधाज्ञाको समयमा नै काठमाडौंको बहती पोखरीस्थित एक होटलमा २५ जना मानिस भेला भएर तास खेलेको भेटिएको छ।

मंगबार साँझ बहती पोखरी स्थित पिताम्वर गौतमले संचालन गरेको फेवा दर्शन होटेलमा जुवा खेलिरहेको अवस्था २५ जना मानिसलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटेलको दोस्रो तलामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट प्रहरीले दश लाख ९७ हजार रुपैयाँ, जुवा खेल्न प्रयोग भएको क्वाइन २५० वटा समेत बरामद गरेको छ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक समेत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell