PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

भेरोसेलको पहिलो डोज लगाएकाले दोस्रो डोज कहिले लगाउने ?



पहिलोपोस्ट

भेरोसेलको पहिलो डोज लगाएकाले दोस्रो डोज कहिले लगाउने ?

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप 'भेरोसेल' को दोस्रो डोज जेठ २ बाट प्रदान गरिने भएको छ।

हाल काठमाडौं जिल्लाभर पहिलो डोज लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहलाई मात्र दोस्रो डोज दिन लागिएको हो।

वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर खोप लगाउन सकिने उल्लेख गरिएको छ। यसरी दोस्रो डोज लगाउन जानेहरुले पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड साथमा राख्नुपर्नेछ।

सूचना अनुसार चैत २५, २६,२७ र २८  गते भेरोसेलको पहिलो डोज लगाएकाले जेठ २ गते,  चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते,  चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते,  बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन्।

यस्तै, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते दोस्रो डोज लिन सक्नेछन्।

बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० र बैशाख १५ गते खोप लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्।

पहिलो डोजको खोप लिएकाहरुले बिहान १० देखि ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर खोप लिन सक्नेछन्।  

चीनमा उत्पादित 'भेरोसेल' भ्याक्सिन दिन चैत २५ बाट लगाउन सुरु गरिएको थियो। चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell